सरकारले वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई सहुलियत ऋण दिने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ।
यो कार्यक्रमका लागि १३ अर्ब ५९ करोड बजेट छुट्याइएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।
सरकारले विदेशमा सिकेको सीपलाई स्वदेशमा लगानी गरी युवाहरुलाई देशमै आकर्षित गर्न यो कार्यक्रम अघि सारेको हो। तर यो कार्यक्रम प्रभावकारी हुन सकेको छैन।