सरकारले चक्रपथ विस्तारका लागि १ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यकाको सवारी चापलाई व्यवस्थापन गर्न कंलकी–नारायणगोपाल चोक विस्तार खण्डका लागि १ अर्ब रूपैयाँ विनियोजन गरिएको बताएका हुन्।
यसअघि पहिलो चरणमा कोटेश्वरबाट कलंकीसम्मको चक्रपथलाई आठ लेनमा विस्तार गरी सञ्चालनमा आइसकेको छ। चिनियाँ सहयोगमा भएको चक्रपथ विस्तारमा केही प्राविधिक त्रुटि भएकाले दुर्घटनाको जोखिम भएको भन्दै विज्ञहरूले विरोध गर्दै आएका छन्।
नयाँ चरणको चक्रपथ विस्तारमा उक्त त्रुटि सच्याउने भनिएको छ।