सरकारले काठमाडौं उपत्यकामा तीन वटा फ्लाइओभर र दुई वटा अन्डरपास निर्माण घोषणा गरेको छ।
यी तीन फ्लाइओभर ग्वार्को, सातदोबाटो र एकान्तकुनामा निर्माण गर्ने अर्थमन्त्रीले बजेट वक्तव्यमा घोषणा गरेका छन्।
त्यस्तै उपत्यकाका पुराना वस्ती व्यवस्थित गरिने घोषणा सरकारले गरेको छ।
त्यसका लागि हाउस पुलिङ नीति लिने घोषणा सरकारले गरेको हो।