सरकारले काठमाडौंका विभिन्न ठाउँमा सुरुङमार्ग निर्माण गर्ने भएको छ।
अर्थमन्त्री शर्माले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सुरुङममार्ग निर्माण गरिने बताएका हुन्।
काठमाडौं उपत्यकाका चार भञ्ज्याङ अभियानतर्फ ३ भञ्ज्याङ टोखा–छहरे, गादावरी–पनौती, साँगा–बनेपाको निर्माणका लागि सम्भाव्यता अध्ययन सुरू हुने भएको छ। यी सुरुङमार्ग निर्माणका लागि १ अर्ब १९ करोड बजेट विनियोजन गरिएको उनले बताएका हुन्।