सरकारले आगामी आर्थिक वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ।
चालु आवको लागि सरकारले ७ प्रतिशतको दरमा आर्थिक वृद्धि हुने लक्ष्य राखेको भएपनि केन्द्रीय तथ्यांक विभागले भने ५.८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। मूल्य वृद्धि ७ प्रतिशतमा सीमित पार्ने सरकारी लक्ष्य छ।