सरकारले आगामी वर्ष सरकारी कार्यालयका थप सवारी सधान खरिद नगर्ने घोषणा गरेको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन्।
आगामी वर्ष चालु खर्च घटाउने लक्ष्यसहित सरकारले यस्तो घोषणा गरेको हो। सरकारले आगामी वर्ष १५ प्रतिशत चालु खर्च घटाउने घोषणा गरेको छ।
त्यस्तै मर्मत गर्दा पनि सञ्चालनमा नआउने सवारी लिलामी गर्ने उनले बताए।