पुष्पलाल मध्य-पहाडी राजमार्गमा पर्ने १० वटा नयाँ सहर आयोजना निर्माणका लागि ३ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ।
अर्थमन्त्री जर्नादन शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गर्दै नयाँ सहर आयोजना निर्माण सम्पन्न गर्नका लागि ३ अर्ब १० करोड रकमको बजेट विनियोजन गरिएको बताएका हुन्।
यस सहरअन्तर्गत पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौर जहारी, दैलेखको राकम, कर्णाली, अछामको साफेबगर र बैतडीको पाटनमा नयाँ सहर पर्नेछन्।