सरकारले दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको लागि ९४ करोड रूपैयाँ बजेट छुट्याएको छ। यो आयोजना छ सय ३५ मेगावाट उत्पादन क्षमता हो।
त्यस्तै, सरकारले एक हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाका लागि एक अर्ब बजेट छुट्याएको छ। यो आयोजना आगामी वर्षदेखि नै कार्यान्वयनमा लैजाने योजना सरकारको छ।
सरकारले आगामी वर्ष जलाशययुक्त अयोजनालाई प्राथमितामा राखेको बताएको छ। आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन्।