सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बन्चरे डाँडा ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी छन्।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताएकी हुन्।
बुधबार काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललाई मन्त्री झाँक्रीले बधाईसमेत दिइन्। मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैं तयार रहेको बताइन्।
‘तत्काललाई काठमाडौंको फोहोर व्यवस्थापन बन्चरडाडाँमा पुरानै किसिमले गरेपनि यसको वैज्ञानिक व्यवस्थापन जरुरी छ । महानगरसँग मन्त्रालय सधैं सँगसँगै मिलेर काम गर्न तयार छ,’ उनले भनिन्।
उनले काठमाडौं महानगरपालिकाभित्र युटिलिटी करिडोर निर्माणको कामसमेत मन्त्रालयले गर्न लागेकाले सहकार्य आबश्यक रहेको बताइन्।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर बिसर्जनका लागि मन्त्रालयसँग समन्वय गर्नुपर्ने बताइनु। यस्तै उनले स्थानीयसँग सहमत जुटाउने विषयमा पनि सहजीकरण गरिदिन आग्रह गरिन्।