होन्डाले देशभरका एक सय सात शोरूममा रहेका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरेको छ।
शोरुम भिजिटमा पुग्नेहरुका लागि मात्र प्रयोग भइरहेको शौचालय अब जोसुकै व्यक्तिले पनि प्रयोग गर्न पाउने भएका छन्।
गत शुक्रबारदेखि शोरुम, डिलर र सबडिलर गरी एक सय सात स्थानबाट निःशुल्क शौचालयको सुविधा दिइएको कम्पनीले जनाएको छ।
कम्पनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ‘बालेन’ शाहको एजेन्डालाई मध्यनजर गर्दै यो यो सुविधा सुरू गरेको हो।
मेयर शाहले काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा छ वटा प्रस्ताव पढेर सुनाएका थिए।
जसमध्ये एजेन्डाको चौथो बुँदा सार्वजनिक शौचालयको व्यवस्थाबारे थियो। काठमाडौंका विभिन्न ठाउँमा रहेका होटल, रेस्टुरेन्ट तथा पेट्रोल पम्पका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्ने निर्णय भएको छ।
यससँगै काठमाडौंका केही होटल तथा रेष्टुरेन्टहरुले पनि आफूसँग भएका शौचालयहरुलाई सार्वजनिक प्रयोगका लागि खुला गर्न थालेका छन्।