डाबर वाटिका मिस नेपाल २०२२ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरू सोमबार बनेपास्थित डाबर नेपाल नर्सरीमा पुगेका छन्। यस भ्रमणमा प्रतियोगीहरूले विभित्र वातावरणीय समसस्याहरू बुझ्न पाए। साथै, समस्यालाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासबारे पनि बुझ्ने।
डाबर वाटिका मिस नेपालका सहभागीहरूले त्यहाँको विश्व स्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे। डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडिबुटीको संरक्षण गर्दै आएका र यी जडिबुटी डाबरका विभित्र उत्पादनहरूमा पनि प्रयोग गरेका छन्। आइतबार विश्व वातावरण दिवसको अवसरमा प्रतियोगीहरूले डाबर नर्सरीको परिसरमा वृक्षारोपण गरी मनाएका थिए।
डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, 'प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि युवाहरूलाई परिचय गराउन पाएकोमा हामीलाई असाधैं गर्व र खुसी लागेको छ। डाबरले आयुर्वेदमा जरा गाडेको एक शताब्दीभन्दा बढी भैसकेको छ।र यसको ज्ञानबाट विश्वभर जडीबुटी, स्वास्थ्य, सौन्दर्यको हेरचाह र आयुर्वेदिक उत्पादनहरूको विस्तृत श्रृंखलाको उत्पादन र बजारीकरण गरेको छ।'
डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडिबुटीको खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै इको प्रणालीको संरक्षणमा कम्पनीको योगदान रहेको बताए। डाबर नेपालको बनेपामा अत्याधुनिक प्रविधिसहितको विश्वस्तरीय हरितगृह छ। जसले नेपालको ३० वटा जिल्लामा संकटग्रस्त प्रजातिको प्रवर्द्धन र खेती गर्छ। र, ६० वटा सहकारी मार्फत जडीबुटी खेती गरी किसानहरूको जिविकोपार्जनलाई वैकल्पिक श्रोतको रूपान्तरण दिएको छ।
द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले प्रतियोगीहरूलाई यो अवसर प्रदान गरेकोमा डाबर नेपाललाई धन्यवाद व्यक्त गरे।
उपभोक्ताहरूलाई उत्कृष्ट प्राकृतिक कपाल हेरचाह समाधानहरू उपलब्ध गराउने डाबरको निरन्तर प्रतिबद्धताको परिणामस्वरुप डाबर नेपालले हालै नेपालमा डाबर वाटिका नेचुरल्स स्याम्पू सार्वजनिक गरेको छ।
डाबर वाटिका नेचुरल्स स्याम्पू यस वर्षको मिस नेपाल प्रतियोगिताको टाइटल प्रायोजक हो। डाबर वाटिका मिस नेपाल २०२२ को ग्राण्ड फिनाले सन् २०२२ जुन १८ मा गोदावरीस्थित सनराइज अडिटोरियममा हुन गइरहेको छ भने कान्तिपुर टिभी एचडीमा प्रत्यक्ष प्रसारण हुनेछ।