नबिल बैंकले काठमाडौं महानगरपालिकाभित्रका आफ्ना सबै शाखा कार्यालयहरूमा सार्वजनिक शौचालयको सेवा दिने भएको छ।
महानगरपालिकाका मेयर बालेन शाहको थालेको पहलमा नबिल बैंकले साथ दिने भएको बैंकले जनाएको छ।
अब काठमाडौं महानगरपालिकाभित्रका नबिल बैंकका शाखामा सर्वसाधारणले निःशुल्क शौचालय प्रयोग गर्न पाउने भएका हुन्।
नबिल बैंकका काठमाडौंमा यी ठाउँमा शाखाहरू छन्ः
- अनामनगर
- बालाजु, माछापोखरी
- भाटभटेनी
- चाबहिल
- धुम्बाराही
- हलचोक
- जोरपाटी
- बौद्ध
- कालिमाटी
- कान्तिपथ, जमल
- कुलेश्वर
- नयाँ बानेश्वर
- न्युरोड
- न्युरोड धर्मपथ
- शंखमूल
- तीनधारा, दरबारमार्ग
- त्रिपुरेश्वर