जेजी आई नेपाल फाउण्डेसनले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत कार्य सम्पादन गर्न नेपाली सेनाको हिमाल सफाइ अभियानलाई सहयोग गरेको छ।
फाउण्डेसनले १५ लाख सहयोग गरेको हो। सेनाले अन्य सरकारी निकाय र निजी क्षेत्रहरुसँगको सहकार्यमा दुइटा हिमाल सफाइ अभियान (२०१९ र २०२१) सफलतापूर्वक सञ्चालन गरेको छ।
यसैगरी पर्वतीय सरसफाई अभियान २०२२ मा नेपालको चार हिमालय (सगरमाथा, ल्होत्से, कञ्चनजङघा र मनास्लुुबाट) ३५ टन हिमाली फोहोर संकलन गरी पुनःप्रयोग गर्ने लक्ष्य राखेको छ।
जेठ २२ गते विश्व वातावरण दिवसको दिन हिमाल सफाई अभियान २०२२ सकिएको थियो।
यो फाउण्डेसन विजयकुमार शाह र जावलाखेल गु्रपअफ इन्डस्ट्रीजले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत कार्य गर्नका निमित्त स्थापना गरेको संस्था हो।