बालबालिकाहरूलाई गुणस्तरीय स्वास्थ सेवा उपलब्ध गराउने उदेश्यका साथ गणपती बनस्पति प्रा.लिले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग गरेको छ।
डा. भगवान कोइरालाको नेतृत्वमा स्थापित उक्त संस्थालाई गणपती बनस्पतिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै एक करोड ११ लाख ११ हजार १११ रूपैयाँ नगद हस्तान्तरण गरेको हो।
सोमबार आयोजित उक्त नगद हस्तान्तरण कार्यक्रममा अस्पतालका अध्यक्ष डा. भगवान कोइराला, लक्की ग्रुपका अध्यक्ष सतिश कुमार मोर, उपाध्यक्ष श्रवण कुमार मोर तथा राज कुमार मोर, प्रबन्ध निर्देशक अमित मोर, निर्देशकहरू अनन्ता मोर र राजिब मोर लगायतको उपस्थिति थियो।
स्वर्गीय मुरलीधर अग्रवाल व्यवसायिक जगतको तत्कालिन समयमा प्रख्यात नाम हो। स्वर्गीय अग्रवालका सन्ततीहरूद्धारा प्रवर्धित विभिन्न उद्योग, व्यापार- व्यवसाय, बैंकिङ, बीमा, पुर्वाधार विकास लगायतका कम्पनीहरूको नेतृत्व गर्ने गरी लक्की ग्रुपको स्थापना भएको थियो। यसै ग्रुप अन्तर्गतको एक उद्योग गणपती बनस्पति प्रा.लि. हो।
गणपती बनस्पति कम्पनीले विगत २५ वर्षदेखि देशको अर्थतन्त्रमा टेवा पुर्याउँदै आएको छ। कम्पनीले सञ्चालनको विभिन्न काल खण्डमा स्वदेश तथा विदेशमा बिपद व्यवस्थापन, वैज्ञानिक आविस्कार, विद्यालय, धार्मिक मठ मन्दिर निर्माण, बाढी-पहिरो बिपन्नको उपचार र भौतिक पूर्वाधारको लागि सहयोग गरिरहेको छ।