सेल्सबेरी डिपार्टमेन्टल स्टोरले ‘सेभ द बजेट’ अफर ल्याएको छ। अफरअन्तर्गत ग्राहकले सामान खरिद गरेबापत १० देखि ५० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।
जेठ २५ बाट लागू भएको यो अफर असार १५ गतेसम्म लागू हुने प्रमुख व्यापार अधिकारी चेतनारायण पौडेलले जानकारी दिए। 'यो छुट सुविधाबाट ग्राहकहरूले प्रत्यक्ष लाभ लिइ राख्नुभएको छ,' उनले भने।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेल्सबेरीले समय-समयमा विभिन्न अफर ल्याउँदै आइरहेको छ।
काठमाडौंमा सातदोबाटो, सीतापाइला, महाराजगञ्ज, चक्रपथ, झम्सीखेल, बत्तिसपुतली, इमाडोल, कोटेश्वर, लोकन्थली, नयाँ बस्ती, पेप्सीकोला, मुलपानी, मैजुबहाल, ककनी, सुकेधारा, हात्तीगौंडा, धापासी, पुरानोबानेश्वर, बनेपा, बालुवाटार, भक्तपुर, भैसेपाटीबाट सेल्सवेरीले सेवा प्रदान गर्दै आइरहेको छ।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेल्सबेरीले समय समयमा विभिन्न अफर ल्याउँदै आइरहेको छ।