मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ।
अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सभामा चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।
वित्तीय व्यवस्थातर्फ १६ करोड ६४ लाख ५६ हजार २ सय रुपैयाँ छुट्ट्याइएको छ।
कृषि, मानव संशाधन तथा विकास, समाजिक न्याय र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखी बजेट ल्याइएको हो।
(पूर्णसहित)