कारो फिल्म्स ब्यानरले नयन राज पाण्डेको 'लू' उपन्यासमा फिल्म बनाउन लागेको छ। फिल्मको निर्देशन प्रदिप भट्टराईले गर्ने भएका छन्।
निर्माता निशा खरेल र निर्देशन प्रदिप भट्टराईबीच फिल्म निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। निर्देशक भट्टराईले 'जात्रा', 'जात्रै जात्रा', 'सत्रु गते' जस्ता फिल्मको निर्देशन तथा निर्माण गरेका छन्।
'लू' उपन्यास उत्कृष्ट बिक्रेता भएको किताब हो। राम्रो सेन्स अफ ह्युमर भएको यो उपन्यासमा बच्चादेखि वृद्धाले हेर्न मिल्नेछ। यसमा नेपाल र भारतको सीमाको पनि विषय उठेको छ। दर्शकलाई मनपर्ने कथा, विषय, ह्युमर सबै उपन्यासले समेटेको छ।
यो कारो फिल्म्स ब्यानरको मुख्य उद्देश्य नेपाली फिल्मलाई अर्को उचाईमा लग्ने कम्पनीको धारणा रहेको छ। कारो फिल्म्सले यो लगायत अरू पनि बिग बजेट फिल्म्स बनाउने बताएको छ।