आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौं प्याथ ल्याब एन्ड डाइग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।
उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौं प्याथ ल्याब एन्ड डाइग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका हुन्।
यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकहरूलाई काठमाडौं प्याथ ल्याब एन्ड डाइग्नोस्टिक सेन्टर महाराजगंज, काठमाडौंमा प्राप्त हुने सबै किसिमका सेवाहरूमा छुट प्राप्त हुनेछ।
साथै, सोही अवसरमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले काठमाडौं प्याथ ल्याब एन्ड डाइग्नोस्टिक सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरूलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरू आइएमई जनरल इन्स्योरेन्सबाट सहज रूपमा प्राप्त गर्न सक्ने जानकारी दिए।