नेपाली बजारमा दाहुवाको अधिकारिक आयातकर्ता तथा बिक्रेता बिध म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सिसिटिभी हालै आयात गरेको छ।
कम्पनीले घर, अफिस, टोल-बस्ती, स्कुल-कलेज, सपिङ मल, हाउजिङ, अपार्टमेन्ट तथा हाइवेका लागि उपयुक्त हुने किसिमका अत्याधुनिक क्यामेराहरू उपलब्ध गराउने भएको छ।
नेपाली ग्राहकहरूको माग र रोजाइको आधारमा आयात गरिएका दाहुवाका उक्त क्यामरा उपयुक्त मात्रामा स्टकमा रहेको कम्पनीले जनाएको छ।
हाल आयात गरिएका सिसिटिभीहरूमा अहिले बजारमा उपलब्धभन्दा आधुनिक सेडुयल एआई प्रविधिमा आधारित स्मार्ट मोसन डिटेक्सन प्लस, फेस डिटेक्सन-रिकग्निसन, पेरिमिटर डिटेक्सन गर्ने, नाइट कलर फ्युजन प्रविधिसहित आवाज रेकडिङ गर्न सक्ने विशेषहरू छन्।
त्यसैगरी, मानिस तथा सवारी साधानको आवतजावत तथा चहलपहल मात्र रेकडिङ गर्ने फोर के रियल टाइम फिचर भएको, हाइवेहरूमा उपयुक्त हुने पिटिजेड लगायतका अटो नम्बर प्लेट डिटेक्सन, यातायातका साधनका मोडल र रंग पत्ता लगाउने भेइकल मेटा डेटा, मानिसहरूले मास्क लगायता पनि अनुहार पत्ता लगाउने ह्युमन मेटा डेटा, तापक्रम पत्ता लगाउन सक्ने थर्मल क्यामेराहरू पनि कम्पनीले उपलब्ध गराउने भएको छ।
कम्पनीले भविष्यमा ग्राहकहरूको आवश्यकता र सुविधा अनुसारका दाहुवाको सिसी क्यामेराहरू उपलब्ध गराउनेमा प्रतिबद्धता जनाएको छ।