एयर एक्सपर्ट नेपालले माइदिया ब्रिजलेश इन्भर्टर एयर कन्डिसनर सार्वजनिक गरेको छ।
उक्त एसीको मुख्य विशेषता अत्याधुनिक प्रविधि तथा आधुनिक प्रविधीहरूको संयोजन रहेको कम्पनीको भनाइ छ। यसका साथै यो एसीले जम्मा ८० प्रतिशत बिजुली खपत गर्ने कम्पनीको दाबी छ।
आकर्षक डिजाइनमा निर्माण गरिएको यो एसीले अन्य एसीबाट हुने जस्तो असहज चिसोपनको महशुस गराउँदैन। यो एसी कम वा उच्च–तापमान दुवै क्षेत्रमा प्रभावकारी रुपमा कार्य गर्न सक्षम हुनाले कुनै पनि कार्यालय, आवासीय तथा व्यावसायिक क्षेत्रको लागि अति उपयुक्त हुने कम्पनीको भनाइ छ।
ट्विन फ्ल्याप प्रविधि, डुअल नानो-होल र एस-विङ साइड एयर भेन्टहरूले समान रूपमा हावा प्रवाह गर्ने भएकोले ४० सेकेन्डभित्र नै यसले सही तापमान समायोजन गर्छ। यसमा रहेको वाइफाई कन्ट्रोल विशेषताले स्मार्टफोन वा ट्याब्लेटबाटै एसी चलाउन सकिन्छ।