नेपाली युवा उद्यमी मञ्चको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
यहि असार १७ गते नक्सालस्थित मेरिएट होटलमा सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षमा रितेश लामिछाने चयन भएका छन्।
यस्तो छ नयाँ कार्यसमिति
१. रितेश लामिछाने- अध्यक्ष
२. सहारा जोशी- प्रथम उपाध्यक्ष
३. कुशल सुन्दर श्रेष्ठ- द्वितीय उपाध्यक्ष
४. निभिताप्रधान- महिलाउपाध्यक्ष
५. सुदिप घिमिरे- कार्यकारी सदस्य
६. ऋचाश्रेष्ठ- कार्यकारी सदस्य
७. कृष्ण सापकोटा- कार्यकारी सदस्य
८. पवित्रागौतम- कार्यकारी सदस्य
९. आभुषण ज्योति कंसाकार - कार्यकारी सदस्य
१०. पुनित बैद्य - कार्यकारी सदस्य
कार्यक्रममा मञ्चबाट विगतमा गरिएका क्रियाकलाप र आगामी योजनाहरु प्रस्तुत गरिएको थियो। नवनिर्वाचित अध्यक्ष रितेश लामिछानेले आफ्ना विचारहरु राखे। उनले काठमाडौंमा बृहत मेड इन नेपाल प्रदर्शनी गर्ने प्रतिबद्धता जनाए।
नयाँ कार्य समितिले युवा उद्यमीबीच क्षेत्रीय अन्तर्राष्ट्रिय सञ्जालको निर्माण गरी व्यवसाय विकास र प्रवद्र्धनमा जोड दिने विश्वास छ।
सभा सदस्यहरुको सञ्जाल, च्याप्टर सवलीकरण, संस्थाको गन्तव्य र तीनै तहका सरकारी निकायमा प्रभाव स्थापित गर्न लक्षित थियो।
कार्यव्रmमको उद्घाटन उद्योग वाणिज्य तथाआपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले गरे।
कार्यक्रमका मुख्य अतिथी उद्योगी चन्द्र प्रसाद ढकाल, नेपाल सुन्दरी प्रियन्का रानीजोशी र विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो।