राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा असार अन्तिम साता प्रकाशन गर्ने सम्भावना उच्च छ। नतिजा प्रकाशन हुने भएकाले विद्यार्थी, शिक्षक र अभिभावकहरू पनि निकै प्रतिक्षामा छन्।
एसइईको नतिजा अब निमा एकेडेमी एपको मद्दतमा हेर्न मिल्ने भएको छ।
विधार्थीले आफ्नो विवरण (जन्ममिति र सिम्बोल नम्बर) निमा एकेडेमी एपमा दर्ता गराएर नतिजा प्रकाशन हुनेबित्तिकै आफै उनीहरूको मोबाइलमा नोटिफिकेसन प्राप्त गर्न सक्ने निमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निश्चल मान प्रधानले बताए।
यसरी भर्न सकिन्छ एसइईको नतिजा थाहा पाउन निमा एपमा विवरणः
- सुरूमा प्लेस्टोरबाट निमा एकेडेमी ई-लर्निङ एप डाउनलोड गर्ने
- एपमा साइन अप गर्ने वा लग इन गर्ने
- देखाइएको 'एक्ज्याम रिजल्ट भ्यू' खण्डमा जाने
- आफ्नो जन्म मिति र सिम्बोल नम्बर दर्ता गर्ने
यसो गरे पश्चात नतिजा प्रकाशन भएको केहीबेरमै निमा एकेडेमी एपको माध्यमबाट परीक्षार्थीको मोबाइलमै नतिजा प्राप्त गर्न सक्नेछन्।