जिभीले गत जुलाई ५ मा आफ्नो रिब्रान्डिङ परियोजना पूरा भएको घोषणा गरेको छ। यसमा अपडेट गरिएको लोगो, नयाँ ब्रान्ड रङहरू, अपडेट गरिएको वेबसाइट र एप समावेश छन्।
नेपालमा पूर्ण रूपमा विकसित भएको जिभीले ई-फार्मेसी क्षेत्रमा सुरुवात गरेको थियो। यसले अब ई-सपिङलाई समावेशी, किफायती, पहुँचयोग्य र भरपर्दो बनाउने लक्ष्यका साथ ई-कमर्स उद्योगमा प्रवेश गरेको छ। यसले नवीन प्रविधि, मानकीकृत ढुवानी दर र राष्ट्रव्यापी डेलिभेरीमार्फत यो लक्ष्य पूरा गर्न खोजेको छ।
नयाँ लोगो र ब्रान्ड रङहरू यस मिशनको मूर्त रूप हुन्। लोगोमा भएको हरियो रङले स्वास्थ्य, बेबी (बच्चा)को लागि नीलो र ब्युटी (सौन्दर्य)को लागि बैजनी रंगले प्रतिनिधित्व गर्छ।
सन् २०१९ मा सुरू भएको जिभी नेपालको स्वास्थ्य, सौन्दर्य र बेबीकेयर ई-कमर्स हो। यो जिभी हेल्थ प्रालि अन्तर्गत दर्ता गरिएको छ र देबा ज्योति समूहको एक हिस्सा हो।