विश्वव्यापी रुपमा चर्चित सफल सांगीतिक कलाकार जेसन डेरुलो र डेनिस बियर ब्राण्ड टुबोर्ग बीचको नयाँ सहकार्यअन्तर्गत संसारभरका उदयमान संगीत कलाकारहरूलाई डेरुलोसँग सांगीतिक सहकार्य गर्ने अवसर मिल्ने भएको छ।
टुबोर्ग ओपन अभियानले छैटौं वर्ष मनाउँदै छ। टुबोर्ग ओपनले संगीतको प्रयोग गरी विश्वभरका कलाकार र दर्शकहरूका लागि पृथक अनुभवहरू सिर्जना गर्दै आइरहेको छ।
नयाँ कलाकारहरूका लागि उक्त अवसर लस एन्जलसमा भएको थियो, जहाँ उदयमान कलाकारहरूले स्टुडिओमा जेसनसँग प्रत्यक्ष रुपमा संगीत प्रदर्शन, लेखन र उद्योगमा सफल हुन आवश्यक विषयहरूमा छलफल गरे।
त्यसपछि, प्रत्येक कलाकारले लस एन्जलसको सबैभन्दा प्रतिष्ठित सांगीतिक स्थलहरूमध्येको 'द विल्टर्न थिएटर'मा जेसन डेरुलोको सामु प्रस्तुति दिए।
उक्त अभियानमा आफ्नो सहकार्य्बारे बोल्दै डेरुलोले भने, 'संगीत उद्योगमा सफल हुन कुनै प्ले-बुक मन्त्र छैन। त्यसैले यदि तपाईं एक संगीतकार बन्न चाहनुहुन्छ भने तपाईं आफ्नै भरमा हुनुपर्ने हुन्छ।'
टुबोर्ग ओपन प्रोजेक्टमा भेक नेपाल, डी एमसी भारत, शोखरुल्लो अब्दुल्लाव उज्वेकिस्तान, हल्को टर्की, इभा लोरेन्ससर्बिया र स्पोस्टो बोस्नियाका उदीयमान कलाकारहरू सहभागी छन्।
यी कलाकारहरूले आउँदो महिनाहरूमा टुबोर्ग मार्फत सहयोग प्राप्त गरी जेसन सामु प्रदर्शन गरेका ट्रयाकहरूको उत्पादन र प्रडक्सन गर्नेछन्।
२०१७ को सुरुवातदेखि टुबोर्ग ओपनले द चेनस्मोकर्स, मेजर लेजर, क्लिन ब्यान्डिट, डिप्लो र मो जस्ता विश्वव्यापी कलाकारहरूसँग सहकार्य गरी संसारभरिका दर्शकहरूलाई जोड्ने गीतहरू निर्माण गरेको छ।