जगदम्बा सिमेन्टले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको समन्वयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी जनशक्तिलाई तालिम दिएको छ।
२० कार्य दिनको निर्माण प्रविधि तालिम अवधिमा आवश्यक पर्ने सिमेन्ट, यसको सही प्रयोग गर्ने कार्य विधि, सही निर्माण मापदण्ड सम्बन्धी विभिन्न सिप र प्रविधिकद्वारा अभिमुखिकरण तालिम स्वरुप प्रदान गरिएको हो।
उक्त कार्यक्रममा कम्पनीका उप-महाप्रबन्धक सुनिल पौड्यालले जगदम्बा सिमेन्टका उद्योगहरू, प्रकार, ब्राण्डहरू, उत्पादन क्षमता, गुणस्तरबारे जानकारी समेत दिए। साथै, संरचनाहरू भूकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामग्रीको सही प्रयोग र संरचना निर्माण कार्यहरूमा विशेष ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा वरिष्ठ इन्जिनियर कुशल काफ्लेले जगदम्बा कंक्रीटोका उद्योग तथा यस उद्योगबाट उत्पादन हुने विभिन्न प्रकारका टाइल्स्, पेभर, ब्रिक, ब्लक, कर्ब्सबारे जानकारी दिए।
कम्पनीका वरिष्ठ ब्रान्ड प्रबन्धक जगन्नाथ दाहालले भने यस्ता कार्यक्रमहरू निरन्तर गराउने प्रतिबद्धता जनाए।