कमलपोखरीस्थित इस्लिङटन कलेजको सन् २०२० र २०२१ मा पास भएका विद्यार्थीहरूको दिक्षान्त समारोह सम्पन्न भएको छ। समारोहमा सन् २०२० मा स्नातक तह अन्तर्गत बिएससी कम्प्युटिङ, बिएससी कम्प्युटर नेटवर्क एन्ड आइटी सेक्युरिटी र बिएससी मल्टिमिडिया प्रविधिका ५ सय २ जना विद्यार्थी सहभागी थिए।
दिक्षान्त समारोहमा सन् २०२० मा स्नातकोत्तर तहअन्तर्गत एमएससी सूचना प्रविधि विषयका १९ जना विद्यार्थी दिक्षीत भएका छन्।
त्यसैगरी, सन् २०२१ मा स्नातक तहअन्तर्गत बिएससी कम्प्युटिङ, बिएससी कम्प्युटर नेटवर्क एन्ड सेक्युरिटी र बिएस मल्टिमडिया प्रविधि विषयमा अध्ययन पूरा गरेका ७ सय ३२ जना विद्यार्थी दिक्षीत भएका छन्। साथै, सन् २०२१ शैक्षिक सत्रमा स्नातकोत्तर तहअन्तर्गत एमएससी सूचना प्रविधि तह पूरा गरेका ४६ जना विद्यार्थी दिक्षान्त समारोहमा सहभागी थिए।
कोभिड संक्रमणको कारण विगत दुई वर्ष दिक्षान्त समारोह हुन सकेको थिएन। यो वर्षमा सन् २०२० र २०२१ को दिक्षान्त समारोह एकैसाथ आयोजना गरिएको हो। महामारीका कारण सन् २०२० र २०२१ मा दिक्षान्त समारोह स्थगित भएको थियो। कलेजले अब सबै कार्यक्रमलाई नियमितता दिने बताएको छ।
समारोहमा सन् २०२० बिजनेस डिग्रीमा स्नातक तह गर्ने ७४ र सन् २०२१ मा बिजनेस एड्मिनिस्ट्रेसन र एमबिएमा तह पूरा गर्ने १ सय १९ विद्यार्थी पनि दिक्षीत भएका छन्।
कलेजले गत सोमबार र मंगलबार दुई दिन दिक्षान्त समारोह आयोजना गरेको थियो। समारोहमा विद्यार्थीका अभिभावकहरूको उपस्थिति थियो।
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज आइएनजी ग्रुपद्वारा सञ्चालित छ। दिक्षान्त समारोहमा विश्वविद्यालयका सैक्षिक साझेदारी प्रमुख डा. वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेकी हुन्।
सो अवसरमा बोल्दै उनले विश्वभर सम्बन्धन प्राप्त कलेजमध्ये इस्लिङटन कलेज उत्कृष्ट रहेको बताइन्। समारोहमा बोल्दै उनले भनिन्, 'यो महत्वपुर्ण अवसरमा सबै विद्यार्थीको सुखद भविश्यको शुभकामना दिन चाहन्छु।'
समारोहमा आइएनजी ग्रुपका अध्यक्ष एवम् कार्यकारी निर्देशक शुलभ बुढाथोकीले लन्डन विश्वविद्यालयाको उच्च सूचीमा परेको यस कलेजमा उतिर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको दाबी गरे।
लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयले सम्बन्धन दिएका कलेजमध्यले नेपालको पहिलो यस कलेजले बिआइटी, बिबिए, कार्यक्रम अन्तर्गत आइटी कम्प्युटिङ,नेटवर्किङ र आइटी सेक्युरिटी र मल्टीमिडिया टेक्नोलोजी विषयमा अध्यापन गराउँदै आएको छ। त्यस्तै, बिजनेस अन्तर्गत इन्टरनेशल बिजनेश, मार्केटिङ एण्ड फाइनान्स विषयमा पाठ्यक्रम सञ्चालन गरिरहेको छ।