मेटलाइफ फाउन्डेसनले विश्वभरका अल्पसेवा र न्यून प्रतिनिधित्व भएका समुदायहरूको आवश्यकतालाई सम्बोधन गरी समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्ने उद्देश्य घोषणा गरेको छ।
यस योजनाले मेटलाइफको सन् २०३० विविधता, समता र समावेशिता प्रतिबद्धताहरूलाई बढावा दिने फाउन्डेसनको भनाइ छ।
यस फाउन्डेसनले १५० करोड डलर कोषको बाचा गरेको छ। साथै, सन् २०२१ र सन् २०३० को बीचमा ऐतिहासिक रूपमा सीमान्तकृत व्यक्तिहरू र तिनीहरूका परिवारहरूलाई समर्थन गर्न ८ लाख कर्मचारी स्वयं सेवकको प्रतिज्ञा गरेको छ।
मेटलाइफ फाउन्डेसनको अनुदान निर्माण र प्रभाव लगानीहरू संयुक्त राष्ट्र दिगो विकास लक्ष्यहरू तीन मुख्य पोर्टफोलियोहरूमा पंक्तितबद्ध गर्ने भएको छ। जसअन्तर्गत आर्थिक समावेशीकरण, वित्तीय स्वास्थ्य र बलियो समुदायहरू रहेका छन्।
मेटलाइफका कर्पोरेट मामिला प्रमुख र मेटलाइफ फाउन्डेसनका अध्यक्ष माइक जारकोनले यसै अवसरमा भने, '१५४ वर्षदेखि मेटलाइफले आर्थिक सुरक्षा सिर्जना गरिरहेको छ। हाम्रा स्रोत साधनको फराकिलो प्रयोग गरेर हामीले सेवा गर्ने समुदायहरूमा सकारात्मक प्रभाव पारेको छ। मेटलाइफ फाउन्डेसनको अद्यावधिक फोकसका साथ हामीले विश्वभरका कमजोर र ऐतिहासिक रूपमा सीमान्तकृत समुदायहरूका लागि अझ बढी न्यायपूर्ण र विश्वस्त भविष्यलाई अगाडि बढाउने लक्ष्य राखेका छौं।'
मेटलाइफ फाउन्डेसनका प्रयासहरूलाई मेटलाइफ कर्मचारी सञ्चालित स्वयम्सेवा र सीपमा आधारित प्रो-बोनो प्रोजेक्टहरूद्वारा बढाइने समेत उनले बताए। यसले मेटलाइफका कर्मचारीहरूको प्रतिभालाई गैर-नाफामुखी संस्थाहरूको क्षमता विस्तार गर्न, अझ गहिरो प्रभावहरू प्रदान गर्ने बताइएको छ।
मेटलाइफका अनुसार सन् २०२१ मा मेटलाइफका २५ हजारभन्दा बढी कर्मचारीहरूले ३७ देशहरूमा ६१ हजारभन्दा बढी घण्टा स्वयंसेवा गरेका छन्।