आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई इलेक्ट्रिकले ललितपुर महानगरपलिकालाई पाँच थान राफ्ट इलेक्ट्रिक (विद्युतीय) स्कुटर हस्तान्तरण गरेको छ।
नगरपालिकामा आयोजित एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई महानगरपालिकाले उक्त स्कुटर हस्तान्तरण गरेको हो।
नेपालको लागि राफ्ट इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता आइएमई इलेक्ट्रिक प्रा.लि हो। नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको बताइएको छ।
यी स्कुटरहरूले एक पटकको पूरा चार्जमा एक सय किलोमिटर रेन्जसम्म दिने कम्पनीले जनाएको छ। स्कुटरको बनावट राम्रो हुनुका साथै आधिक पर्फर्मेन्स दिनसक्ने भएकाले सो स्कुटरहरू खरिद गरिएको नगरपालिकाले बताएको छ।
भारतमा उत्पादित राफ्ट स्कुटर, वारिअर साथै टिस्टा, इण्डुस, नुब्रा, जिस्पासमेत नेपालमा उपलब्ध मोडलहरू हुन्। स्कुटरमा कि लेस स्टार्ट, रिमोट लक्किङ, रिवर्स गिअर, थेफ्त अलर्राम लगायत विशेषताहरू छन्। सेगमेटकै अधिकतम ३२० किलोमिटर रेन्ज दिन सक्ने स्कुटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ।
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यी स्कुटरहरू थप प्रभावकारी हुने बताए।