राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसइईका विद्यार्थीहरूलाई एसइई २०७८/७९ को नतिजा हेर्नका लागि एसएमएस सेवा उपलब्ध गराउन स्प्यारो एसएमएससँग सम्झौता गरेको छ।
उक्त सम्झौता भएसँगै नेपालभरका एसइईका विद्यार्थी तथा अभिभावकहरूले सजिलै र सहज रूपमा एसएमएसमार्फत एसइईको नतिजा हेर्न सक्नेछन्।
स्प्यारो एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो। यसले एक दशकदेखि प्रत्येक वर्ष एसइईको नतिजा प्रकाशित गर्दै आएको बताइएको छ।
विद्यार्थी र उनीहरूको नतिजा बीचको दूरी कम गर्ने उद्देश्यका साथ स्प्यारो एसएमएसले परीक्षाको नतिजा सिधैँ मोबाइल फोनमा उपलब्ध गराउँछ।
‘केही सेकेन्डभित्र आफ्नो मेहिनतको नतिजा थाहा पाउनु जो कोहीका लागि पनि उत्साहजनक र रोमाञ्चक अनुभव हो। स्प्यारो एसएमएस लाखौं विद्यार्थीहरूसँग आफ्नो सेवामार्फत् यी भावनाहरू साझा गर्न सक्षम भएकोमा खुशी छौं,’ स्प्यारो एसएमएसका मुख्य कार्यकारी अधिकारी मनोज थापाले भने।
एसइईको नतिजा एसएमएस मार्फत कसरी हेर्ने?
नतिजा हेर्न सुरूमा आफ्नो मोबाइलको एसएमएस बक्समा गएर नयाँ एसएसएसमा जानुपर्ने हुन्छ। त्यसपछि आफ्नो सिम्बल नम्बर टाइप गरेर स्पेस दिएर ३५००१ एसएसमएस पठाएर नतिजा हेर्न सकिन्छ।