खल्तीको 'द बिगेस्ट पेमेन्ट जात्रा' अफर सम्पन्न भएको छ।
गत जेठ १२ गतेदेखि असार ३२ गतेसम्म आयोजित उक्त अफरमा ५ लाखभन्दा बढी प्रयोगकर्ताको सहभागिता थियो। सो अवधिमा प्रयोगकर्ताहरूले एक करोडभन्दा बढी संख्यामा कारोबार गरेको कम्पनीले जनाएको छ।
डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उद्देश्यका साथ खल्तीले समय-समयमा आफ्ना प्रयोगकर्ताहरूका लागि विभिन्न आकर्षक अफरहरू प्रदान गर्दै आइरहेको छ। यसैअन्तर्गत खल्तीले करोड बराबरको अफरको रूपमा ‘द बिगेस्ट पेमेन्ट जात्रा’ आयोजना गरेको हो।
यो अफर अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले सहभागिता जनाएर क्यस्ब्याक तथा थुप्रै उपहारको फाइदा लिएका थिए। साथै, हरेक दिन १ बजेदेखि सुरू हुने फेयर सेल अन्तर्गत २ लाखभन्दा बढी प्रयोगकर्ताहरू लाभान्वित भएका थिए, जसमा ५०५ सम्म क्यास्ब्याक प्रदान गरिएको थियो।
अफर अन्तर्गत लक्की ड्रमार्फत तीन जनाले बजाज पल्सर एनएस १६० एबिएस उपहार हात पारे। साथै, अफरमा सहभागी ७६ भाग्यशाली प्रयोगकर्ताहरूले पुरस्कार स्वरूप समग्रमा ७ वटा इलभ एगिकको ४३ इन्चको स्मार्ट टिभी, १४ वटा स्मार्ट फोन, ५२ वटा फ्लाइट टिकट एक रुपैयाँमा, ५२ वटा स्मार्टब्याण्ड लकि ड्र मार्फत प्राप्त गरेका छन्।
खल्तीले बिजेता छनौट प्रक्रियालाई पारदर्शी बनाउनका लागि हरेक हप्ता फेसबुक लाइभ मार्फत बिजेता घोषणा गर्दै आएको थियो।