सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको रिक्त रहेको अध्यक्ष पदमा केशव कुमार बस्नेतलाई सिफारिस गरिएको छ।
सिफारिस समितिको साउन १५ गते बसेको बैठकले बस्नेतलाई सिफारिस गरेको हो।
उदयपुर सिमेन्ट उद्योगमा रिक्त रहेको अध्यक्ष पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्त गर्ने प्रयोजनका लागि गत असार ३० गते दरखास्त आह्वान गरिएको थियो।