उपाय सिटी कार्गोले आफ्नो सेवा विस्तार गर्ने क्रममा 'उपाय फुलफिल्मेन्ट सर्भिस' बजारमा ल्याएको छ ।
नेपालभर सानादेखि ठूला व्यापार तथा ग्राहकलाई समेत सेवा प्रदान गरी ढुवानी क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउने लक्ष्य कम्पनीले लिएको छ।
लक्ष्य अनुरुप कम्पनीले 'उपाय अन डिमाण्ड' र 'मेरो उपाय' जस्ता सेवाहरूको सफलतापछि तेस्रो सर्भिसको रूपमा उपाय फुलफिल्मेन्ट सर्भिसलाई ल्याएको हो ।
कार्गोले उक्त सर्भिस अन्तर्गत एकै साथ धेरै ठाउँमा सामान डेलिभरी गर्ने कम्पनीले बताएको छ।
यो सेवा प्रदान गर्न उपायले रुट प्लानिङ सिस्टमको प्रयोग गर्दछ जसले ढुवानीमा लाग्ने समय र पैसा दुवैको बचत हुने बताइएको छ।
ग्राहकले कम ढुवानी शुल्क र छिटो सामान डेलिभरीमार्फत फाइदा लिन सक्नेछन्।
यो सर्भिसले खासगरी निरन्तर रूपमा धेरै सामानको एकै साथ फरक फरक ठाउँमा डेलिभरी अथवा पिकअप गर्नुपर्ने व्यापारीलाई सजिलो हुने बताइएको छ।
यसका साथै कार्गोको आफ्नै मोबाइल एप रहेको र ग्राहकले आफूलाई सहज हुने माध्यममार्फत सजिलै भुक्तानी गर्न सक्ने बताइएको छ।
यो सेवालाई थप विस्तार गरी उपायले आगामी दिनमा नेपालका ३०० सहरमा आफ्नो डेलिभरी सेवा पुर्याउने योजना लिएको बताएको छ।