नेपाल औषधि लिमिटेडको अध्यक्षमा यज्ञप्रसाद न्यौपानेलाई नियुक्तिका लागि सिफारिस गरिएको छ।
सिफारिस समितिको साउन १६ गते बसेको बैठकले न्यौपानेलाई संस्थाको अध्यक्षमा सिफारिस गरेको हो।
उक्त संस्थामा रिक्त रहेको अध्यक्ष पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्ने प्रयोजनका लागि गत असार २९ गते आवेदन आह्वान गरिएको थियो।
रिक्त रहेको अध्यक्ष पदका लागि मन्त्रालयमा यज्ञ प्रसाद न्यौपाने, रवीन्द्र अधिकारी, प्रकाशराज पन्त, कृष्णदत्त भट्ट, र भिम बहादुर चन्द गरी पाँच जनाले आवेदन दिएका थिए।