नीमा एकेडेमी इ–लर्निङ एपले तीन दिने मनसुन महाबचत ज्ञानमेला गर्ने तयारी गरेको छ।
एपले शैक्षिक शत्र २०७९ को प्रारम्भिक चरणमा मनसुन अनलाइन एडुफेस्टको विस्तारित अफर अन्तर्गत डिजिटल सिकाइका अफरहरू सहित उक्त तीन दिने मनसुन महाबचत ज्ञानमेला गर्ने तयारी गरेको हो।
उक्त ज्ञान मेला डिजिटल माध्यममा साउन २० गतेदेखि २२ गतेसम्म चल्ने बताइएको छ।
उक्त इ–लर्निङ प्लेटफर्मले पाठ्यक्रम विकास केन्द्रद्वारा अनुमोदित, विशेष गरी कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी अनलाइन पाठ्यक्रमहरूको बन्डल प्याकेज छुटमा प्रदान गर्ने बताएको छ।
यसका साथै एकेडेमीले आगामी दिनहरूमा अफर, योजना, सदस्यता सुविधाहरू र विद्यार्थी, शिक्षक, विद्यालय र विद्यार्थीहरूलाई लक्षित गरी लाभदायी प्याकेज ल्याउने समेत बताएको छ।
मुख्यतः मनसुन महाबचत ज्ञानमेला अन्तर्गत शिक्षार्थीहरूलाई कक्षा १ देखि १० सम्मका विज्ञान र गणित विषयका वार्षिक प्याकेज खरिद गर्दा ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको जनाइएको छ।
नेपाली बजारमा भौतिक रूपमा प्रदर्शनी, मेला हुने गरेपनि डिजिटल माध्यम त्यसमा पनि अनलाइन शिक्षा क्षेत्रमा ज्ञानमेला नयाँ कदम रहेको कम्पनीको दाबी छ।