पाँच वटा मदिरा उद्योगले दुई अर्ब ७७ करोड लगानी थप गर्ने भएका छन्। औद्योगिक प्रवर्द्धन बोर्डको बिहीबार बसेको बैठकले लगानी थपको अनुमति दिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।
उनकाअनुसार अनुमति पाउनेमा अरूणा डिष्टिलरीे, नेचुरल डिष्टिलरी, यती डिष्टिलरी, छिन्नामस्ता डिष्टिलरी र न्यू एभरेष्ट छन्।
ती उद्योगले क्रमशः एक अर्ब २० करोड, ३४ करोड, ९७ करोड, १७ करोड २८ लाख र ९ करोड गरी जम्मा २ अर्ब ७७ करोड २८ लाख रूपैयाँ लगानी थप गर्ने भएका हुन्।
मदिराको आयातमा प्रतिबन्ध लगाएकाले पनि स्वदेशी उत्पाकहरूले क्षमता विस्तार गर्न लागेका हुन्। मुलुकको विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँगै सरकारले मदिरा सहित विभिन्न १० प्रकारका वस्तुमा रोक लगाएको छ।