उन्नती कल्चरल भिलेजले तीन दिने ‘आधारभुत कला व्यवस्थापन’ तालिमको आयोजना गरेको छ।
अगस्ट १ देखि ३ सम्म ललितपुरको होटल भिभान्तामा उक्त तालिमको आयोजना गरिएको हो। उन्नती कल्चरल भिलेज चौधरी फाउण्डेसनको नेपाली कला, शिल्प, साहित्य र खानाको प्रवद्र्धन गर्दै दिगो सामाजिक विकास तर्फ केन्द्रित एउटा सामाजिक अग्रसर्ता हो।
उक्त तालिममा झण्डै ३४ सहभागी थिए। त्यस अवसरमा कला व्यवस्थापन, कलामा रणनीतिक योजना, संगठनात्मक पहिचान– भिजन र मिशन, कलाको बजारीकरणलगायत विषयमा छलफल गरिएको थियो।
कला प्रबन्धकको रूपमा चार दशकको अनुभव बटुलेका आर्टथिङ्क साउथ एशिया र खोज भारतकी पूजा सुद र रुचिरा दासले सहभागीहरुलाई सहजकर्ताको भूमिका निभाएका थिए।