ई–सेवा मनी ट्रान्सफरले विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमुलक तथा सेवाग्राही मैत्री योजना 'रेमिटोत्सव' सम्पन्न गरेको छ।
वैशाख १ गतेबाट सुरू भएर साउन ४ गतेसम्म चलेको यस योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अवैधानिक रेमिट्यान्स गतिविधिलाई निरुत्साहित गर्दै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन र प्रवर्द्धन गर्नु रहेको छ।
'वैधानिक रूपमा रेमिट्यान्स पठाऔँ रेमिटोत्सव मनाऔँ' मूल नाराका साथ सम्पन्न यस अफरमा १४ हप्तासम्म संसारका २०० भन्दा बढी मुलुकबाट ई–सेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स कारोबार गर्ने मध्ये हरेक दिन एक जनालाई गरी कुल ९८ जनालाई प्रत्येक दिन उपहार स्वरुप पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो।
त्यस्तै, यस योजनाका बम्पर उपहार विजेता हाल कतारमा रहेका गोर्खा निवासी कमल कमर बनेका छन्। उनले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्। उनले यस योजनाका समयमा कतारको युनिमोनी एक्सचेन्जबाट रेमिट्यान्स पठाएका थिए।
त्यस्तै, यसले व्यापार प्रवर्द्धनात्मक तथा सेवाग्राही मैत्री–डिजिटल रेमिट्यान्समा आइफोन जित्ने चान्स अफर समेत ल्याएको छ।
विदेशबाट सोझै ई–सेवा वालेटमा पैसा लोड गर्न सकिने सन्देशमुलक यस अफरमा पैसा पठाउनेले आइफोन १३ जित्न सक्नेछन् भने नेपालमा प्राप्त गर्ने व्यक्तिले एक सय रुपैयाँ बोनस पाउनेछन् ।
त्यस्तै विदेशबाट आएको नगद रेमिट्यान्स सोझै आफ्नो ई–सेवा वालेटमा प्राप्त गरी सेवाग्राहीले दुई सय बोनस समेत प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।
यस मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरूलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा ई–सेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्टबाट पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।