आइएमएस ग्रुपले फ्रान्सेली ब्रान्ड 'पाराकिटो' नेपालमा सार्वजनिक गरेको छ। आइएमएसले उक्त ब्रान्डको एकमात्र राष्ट्रिय वितरक हो।
पाराकिटो एक फ्रान्सेली लामखुट्टे र टिक विकर्षक ब्रान्ड हो, जसले प्राकृतिक रूपमा लामखुट्टे र टिक्सहरूबाट जोगाउँछ।
पाराकिटोले उच्च–गुणस्तर टेकनोलोजीको एक अलग लाइन प्रदान गर्ने कम्पनीले बताएको छ।
पाराकिटोको उत्पादनहरूमा रिस्टब्यान्ड, स्प्रे, क्लिप र रोल अन रहेका छन्।
कम्पनीका अनुसार यस उत्पादनले एक वैकल्पिक, पूर्ण सुरक्षित सुरक्षा समाधानको प्रतिनिधित्व गर्दछ, विशेष गरी बच्चाहरू, गर्भवती महिलाहरू र संवेदनशील छाला भएकाहरूलाई जोगाउँछ।
पाराकिटो पानी र पसिना प्रतिरोधी, दीर्घकालिन, वातावरण मैत्री, बिरुवामा आधारित र मदिरा रहित हो। यसले सुरक्षा, हेरचाह, प्रभावकारी संरक्षण र प्राकृतिक समाधान दिने जनाइएको छ।
खेल्न रमाइलो गर्ने बच्चाहरूका लागि र हाइकिङ्ग, साइकल चलाउने, साहसिक खेलकुद, आउटडोर पार्टी र पारिवारिक पिकनिकमा लागेका मानिसहरूका लागि यो महत्वपूर्ण हुने बताइएको छ।
याे आइएमएस लिटल स्माइलस शोरुमहरूमा उपलब्ध छ।