सनवे कलजेले डाटा साइन्स विषयमा चार वर्षे स्नातक तहको अध्यापन गराउने भएको छ।
कलजेले बेलायतको युनिभर्सिटीको सम्बन्धमा नेपालमै पहिलो पटक उक्त विषयमा अध्यापन गराउने भएको कलेजका एकेडेमिक डाइरेक्टर प्रमोद पौडेलले जानकारी दिए।
'औपचारिक रूपमा बेलायतको वर्मिगह्याम सिटी विश्वविद्यालयसँग शैक्षिक सहकार्य गरेसँगै चार वर्षकै लागि स्पेसिफिक डाटा साइन्स विषय पढाउन सुरू गरेका हौँ,' पौडेलले भने।
'पछिल्लो समय नेपाल लगायत विश्वभर डाटा साइन्स प्रति विद्यार्थीको आकर्षण बढेको र यसैलाई मध्यनजर गर्दै यो विषयलाई प्राथमिकतामा राखेर अध्यापन सुरू गरेका हौँ ।' उनले भने।
उनका अनुसार बेलायतमा आधारित रहेको डिग्रीले इन्डस्ट्रीको माग अनुसारको विद्यार्थी उत्पादन गर्नेछ।
विश्वविद्यालयसँगको सहकार्यमा कलेजले छिट्टै बिए (अनर्स) इन मार्केटिङ विथ डिजिटल कम्युनिकेसन, स्नातक तहमा डिजिटल मार्केटिङ र बिएससी (अनर्स) कम्प्युटर एण्ड डाटा साइन्स कोर्ष सार्वजनिक गर्ने पौडेलले जानकारी दिए।
यसअघि विभिन्न कलेजमा विभिन्न कोर्ष अन्तर्गत डाटा साइन्सको सीमित अंकको पढाइ हुने बताइएको छ।