वात्सल्य आइ.भि.एफले आज (कृष्ण जन्माष्टमी को दिन) आफ्नो छैठौं वार्षिकोत्सव मनाउँदै छ।
उक्त क्लिनिकले २५ सयभन्दा बढी दम्पतीलाई सन्तान प्राप्तिको खुशी दिइसकेको बताएको छ।
छैठौं वार्षिकोत्सवको अवसरमा प्रजनन् उपचारमा काठमाडौं बाहिरका दम्पतीको पनि पहुँच बढाउन् देशका तीन प्रमुख शहरहरूमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।
वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको संलग्नता रहने यो एक दिने शिविर पोखरा, विर्तामोड र नेपालगञ्जमा हुने बताइएको छ।
उक्त शिविर भदौ ४ गते मेघा हेल्थकेयर, सभागगृह चौक, पोखरामा, भदौ ११ गते निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिक, विर्तामोड तथा भदौ १८ गते वात्सल्य हेल्थकेयर, नेपालगञ्ज शाखा, बि.टि.एस चौक, नेपालगञ्जमा हुने बताइएको छ।
शिविरमा सेवाग्राहीहरूले आफ्नो प्रजनन् अवस्था सम्बन्धि छलफल गर्न तथा निःसन्तान हुनुको कारण पहिचान गर्न सक्नेछन् भने सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न सक्ने जनाइएको छ।
पूर्ण परीक्षणपछि आइ.भि नै गर्नुपर्ने भएमा विशेष छुटको समेत व्यवस्था गरिएको क्लिनिकले बताएको छ।