औजार एक सोलुसन शुक्रबार दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ।
'सबै घरायसी प्राविधिक समस्याको एक समाधान' भन्ने मूल नाराका साथ सञ्चालनमा आएको उक्त सोलुसन आज तेस्रो वर्षमा प्रवेश गरेको हो।
एक/एक जना प्रवन्धक र व्यवस्थापक, दुई जना बाह्य प्राविधिकबाट सुरू भएको औजार दुई वर्षको अवधिमा १६ जना दक्ष प्राविधिक ३२ जना अर्धदक्ष प्राविधिक, चार जना प्रशासक र दुई जना इञ्जिनियर गरी ५४ जनाको परिवारसहित अघि बढिरहेको औजारका प्रबन्धक अजय कुमार त्रिपाठीले बताए।
युवा पुस्ताको लागि रोजगारीको राम्रो अवसर औजारमा रहेको र नेपालमै केही गरौ भन्ने सोच भएकाहरूलाई औजारको ढोका सधै खुल्ला रहने प्रबन्धक त्रिपाठीले बताए।
सुरूआतको दिनमा २ ओटा सेवाबाट सुरू भएको औजारले अहिले सिभिल, कार्पेन्टर, प्लम्बिङ, इलेक्ट्रिसियन, रङरोगन, फलाम, आल्मुनियम, सिपेज, टाएल र मार्बल, नेटवर्किङ, सरसफाई जस्तै घर तथा अफिससँग सम्बन्धित २५ भन्दा बढी सेवाहरू दिदै आएको कम्पनीका प्रबन्ध निर्देशक उत्सव भट्टराईले बताए।
काठमाडौं, ललितपुर, भक्तपुरसहित पोखरा, बुटवल, नेपालगञ्ज, चितवन, धादिङसम्म सेवा दिइरहेको कम्पनीले कात्तिकदेखि पोखरा र चितवनमा आफ्नै कार्यालय स्थापना गर्नुको साथै थप १५ जनालाई रोजगारी प्रदान गर्न लागेको निर्देशक भट्टराईले जानकारी दिए।