प्लाटिनम राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिकास्थित सरस्वती सदन आधारभूत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ ।
राउण्ड टेबलले सो विद्यालयमा बहुवर्ष योजना अन्तर्गत दुई करोड रुपैयाँभन्दा बढीको लगानी गर्दै आवश्यक सम्पूर्ण भौतिक साधन जुटाइ दिएको हो।
बुढीगंगा गाउँपालिकाको वडा नम्बर-४ स्थित विद्यालय परिसरमा बिहीबार आयोजित कार्यक्रमकाबीच राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले विद्यालय परिसरमा निर्माण गरिएको उक्त चार कोठे भवनको उद्घाटन गरे।
विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले युरोपस्थित राउण्ड टेबल यूरो ११ सँग सहकार्य गर्दै सो विद्यालयमा ४० लाख रुपैयाँको लगानीमा पक्की भवन थप गरेको हो।
राउण्ड टेबल नेपालले सोही संस्थासँग सहकार्य गर्दै उक्त विद्यालयमा यस अघि नै १६ वटा कोठा निर्माण गरिसकेको छ।
विराटनगर राउण्ड टेबल नेपालले सन् २००६ यता उक्त विद्यालयको अभिभावकत्व ग्रहण गरेको छ। अभिभावकत्व ग्रहण गरेयता विद्यालयमा निरन्तर भौतिक संरचनाको निर्माण गर्दै आएको विराटनगर राउण्ड टेबल प्लाटिनम ११ का अध्यक्ष प्रणव तोदीले बताए।
थप गरिएको चार कोठासँगै हालसम्म राउण्ड टेबल नेपालले उक्त विद्यालयमा २० वटा कोठको निर्माण सम्पन्न गरिसकेको छ।
राउण्ड नोपाल ११ ले हालसम्म उक्त विद्यालयमा स्वच्छ खानेपानी, शौचालय, साइकल पार्किङलगायत आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार निर्माण गरिदिएको छ।
गएको १५ वर्षमा युरो ११ सँग सहकार्य गर्दै उक्त विद्यालयमा राउण्ड टेबल ११ ले दुई करोड रुपैयाँ बढीको लगानी गरिसकेको बताइएको छ।
विद्यालयका लागि आवश्यक सम्पूर्ण भौतिक संरचना राउण्ड टेबलले जुटाइ दिएपछि अब आफूहरू विद्यालयको स्तरोन्नति र शैक्षिक गुणस्तर वृद्धि गर्न लागिपरेको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष हक्मुद्धिनले बताए।
यसैबीच, मोेरङको रंगेली नगरपालिका-७ मा रहेको आदर्श निम्न माध्यमिक विद्यालयलाई राउण्ड टेवल ५ ले चार वटा कोठा निर्माण गरी शुक्रबार एक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरेको छ।
राउण्ड टेवल नेपालका अध्यक्ष आनन्द बाहेती र मेयर दिलिप बगडियाले नवनिर्मित कोठामा रिवन काटेर हस्तान्तरण गरेका थिए।
सोही कार्यक्रममा मेयर बगडियाले सो विद्यालयमा अरू कोठा र अंग्रेजी शिक्षा दिने प्रतिवद्वता जनाएका छन्।