ब्रिटिश लुब्रिकेन्ट ब्रान्ड 'डकहम्स' नेपालको बजारमा पुनः प्रवेश गरेको छ ।
सन् १८९९ मा स्थापित यो प्रतिष्ठित ब्रिटिश ब्रान्डले लुब्रिकेन्ट बजारमा थुप्रै इनोभेसन टेक्नोलोजीको सुरूआात गरेको जनाइएको छ।
युरोपकै पहिलो मल्टी ग्रेड आयल भनिएको यो ब्रान्ड स्थापना भएको छोटो समयमै थुप्रै क्लासिक कार रोल्स रोयस, बेन्ट्ले, अस्टिन, रोभर जस्ता ब्रान्डहरूको रुचाएको लुब्रिकेन्ट बन्न सफल भएको थियो।
एक मात्र हरियो कलरको यो लुब्रिकेन्टले, विश्व कार र मोटरसाइकल रेसिङका विभिन्न चरणहरूमा आफूलाई प्रमाणित गरेको कारण हाई पर्फमेन्स ब्रान्डको रूपमा परिचित भएको कम्पनीले बताएको छ।
स्थानीय अटो मेकानिक्सले यसको प्रिमियम गुणस्तरका कारण डकहम्सलाई विश्वस्तताका साथ सिफारिस गर्नुको साथै अटोमोबाइलको आयु बढाउने लुब्रिकेन्टको रूपमा विश्वास गरेको पाइन्छ।
यस लुब्रिकेन्टलाई 'अटोमोबाइल्सका लागि जडिबुटी' भनेर मेकानिक्सहरूले सम्बोधन गरेको पाइन्छ।
सन् २०१७ मा डकहम्स नयाँ नेतृत्व र नयाँ ब्रान्ड आउटलुकको साथ विश्व लुब्रिकेन्ट बजारमा पुनः प्रवेश गरेको थियो।
नेपाल प्रमुख बजार भएकाले ब्रान्डलाई सुदृढ पार्न र ब्रान्डप्रति ग्राहकको विश्वास जगाउन ओटेक ट्रेडलाई डकहक्स इन्टरनेसनलले आधिकारिक वितरकको रूपमा नियुक्त गरेको छ।
ओटेक ट्रेड विभिन्न क्षेत्रहरूमा १५ वर्षभन्दा बढी अनुभव बोकेको प्रमुख व्यापार समूह हो।
कम्पनीसँग सूचना प्रविधि, पूर्वाधार र ऊर्जाको क्षेत्रमा प्रमाणित अन्तर्राष्ट्रिय र घरेलु ट्र्याक रेकर्ड छ। कम्पनीले यूएईबाट डकहम्स लुब्रिकेन्ट सिधै आयात गर्ने भनिएको छ।
प्रमुख शहरहरूमा कम्पनीले डिलरहरू पनि नियुक्त गरिसकेको छ। एक वर्ष अघि सञ्चालन सुरू गरिसकेको भएपनि देशमा लकडाउनको अवस्थाका कारण औपचारिक शुभारम्भ स्थगित गरिएको थियो।
ओटेक ट्रेडका म्यानेजिङ डाइरेक्टर वर्ण न्यौपाने र एक्जिक्युटिभ डाइरेक्टर विन्यास न्यौपानेले विश्वका ३० भन्दा बढी देशहरूमा ग्राहकको मन जित्न सफल डकहम्स ब्रान्डले नेपालमा समेत ग्राहकको अपेक्षा पूरा गर्ने र उनीहरूसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।