हुलास स्टिल इण्डष्ट्रिजद्वारा नेपालको पहिलो पिइबी (प्रि–इन्जिनियर विल्डिङ्स)को उद्यम गर्ने संस्थाको रूपमा रहेको हिप्को इन्फ्राबाट नयाँ उत्पादन सुरू गरेको छ।
हिप्कोले नेपालमा पहिलोपटक पिइबीको उत्पादन सुरू गरेको हो।
हिप्कोले नेपालमा पहिलोपटक नयाँ प्रविधि र अन्तराष्ट्रिय मान्यताप्राप्त सफ्टवेयरहरुको प्रयोग गर्दै उच्च गुणस्तरको प्रि–इन्जिनियरड वल्डिङ्स र सामानहरू लगायतको वार्षिक ५० लाख स्कावायर फिट उत्पादन गर्ने कम्पनीले लक्ष्य लिएको छ।
हिप्को इन्फ्रा पुर्णरुपमा प्रि– इन्जिनियर स्टील विल्डिङ्स निर्माता कम्पनी हो।
हिप्को इन्फ्राले उत्पादन गर्ने उक्त वस्तुहरु मध्यमदेखि ठूला–ठूला परियोजनाहरू जस्तैः औद्योगिक कारखाना, व्यावसायिक भवन, रेसिडेन्टल, वेयर हाउस, पोल्ट्री, शोरुम, स्टोर तथा अन्य थुप्रै संरचनाहरूको निमार्णमा गुणस्तरीय, सुरक्षित, कम खर्चिलो र ३ गुणा छिटो स्थापना हुने कम्पनीको दाबी छ।
उक्त कम्पनीको उत्पादन प्रयोग गर्दा नि:शुल्क परामर्श सेवासमेत दिने कम्पनीले जनाएको छ।
हुलास स्टिल इन्डष्ट्रिज लिमिटेडको लगानीमा रहेको हिप्को इन्फ्राले गत माघदेखि उत्पादन सुरू गर्दै हिप्को सुपरब्युल्डको नामबाट आफ्ना उत्पादन बिक्री वितरण गर्दै आएको छ।
दैवी विपत्तिहरूबाट हुने भौतिक क्षतिलाई न्यून गराउन तथा आधुनिक, वैज्ञानिक एवम् व्यवस्थित निर्माणलाई प्रोत्साहन गर्न हुलास स्टिलले विभिन्न गुणस्तरीय उत्पादनहरू उत्पादन गर्दै आएको कम्पनीको भनाइ छ।
स्वदेशी उत्पादनको प्रयोगले देशमा रोजगारी श्रृजना हुनुका साथै पिइबीको आयातमा कमी हुने र विदेशी मुद्राको बचत हुने कम्पनीको भनाइ छ।