इन्टरनेटमा जोडिनेबित्तिकै हामी संसारसँग जोडिन्छौं। इन्टरनेटबाट कुनै प्रकारको फाइल सेयर गर्ने बेलामा ध्यान नपुर्याउँदा ह्याक, स्क्याममा फस्ने सम्भावना धेरै हुन्छ। यसलाई साइबर सेक्युरिटी थ्रेट भनिन्छ।
यसबाट बच्न हामीले निम्न तरिका अपनाउन सक्छौं।
१. सामाजिक, सामुदायिक र राष्ट्रियस्तरमा साइबर सेक्युरिटीबारे सचेतना फैलाउने- सरकारी तहदेखि प्रहरीसम्मलाई साइबर सेक्युरिटीबारे पूर्ण जानकारी हुन जरूरी छ। कुनै पनि बेला साइबर आक्रमण हुन सक्ने हुनाले यसबाट बच्ने उपाय खोज्न र यसबारे पूर्व जानकारी हुन आवश्यक छ।
२. आफ्नो सिस्टममा एन्टिभाइरस जडान गर्ने- आजभोलि अनधिकृत तेस्रो पार्टी सफ्टवेयरको प्रयोगबाट, पेनड्राइभबाट भाइरस छिरेको धेरै सुन्नमा आउँछ। यसबाट बच्न आफ्नो कम्प्युटर वा ल्यापटपको सिस्टमलाई अपडेट गरेर एन्टिभाइरस जडान गर्नु उचित हुन्छ।
३. संस्थामा आइटी पोलिसी लागू गर्ने- कुनै पनि संस्थाले आफ्नो डेटा सुरक्षाका लागि आइटी पोलिसी राख्न जरूरी छ। निजी, सरकारी, बैंकिङ जस्ता धेरै संख्यामा डेटा रहेका संस्थामा आन्तरिक आइटी पोलिसी राखेमा कुनै पनि प्रकारको साइबर थ्रेटबाट धेरै हदसम्म बच्न सकिन्छ। पोलिसीमा डबल अथेन्टिकेसन राख्ने, जथाभावी वेबसाइट नचलाउने जस्ता पोलिसी उल्लेख गर्न जरूरी छ।
४. आउने पुस्तालाई साइबर सेक्युरिटी थ्रेटविरूद्ध लड्न सक्ने विशेष शिक्षा दिने- साइबर सेक्युरिटी सम्बन्धी विशेष शिक्षा हासिल गरेमा भविष्यमा साइबर सेक्युरिटी थ्रेटबाट उनीहरूले जोगाउन मद्दत गर्छन्।
यसका लागि नेपालमा धेरै किसिमका छोटो अवधि र दीर्घकालीन कोर्सहरू उपलब्ध छन्। तीमध्ये स्पेस्लाइज्ड कोर्समध्ये पर्छ द ब्रिटिस कलेजले भर्खरै ल्याएको बिएससी (अनर्स) इन साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक कोर्स।
द ब्रिटिस कलेजका एसोसिएट डिन अरूणलाल जोशीका अनुसार यो कोर्स नेपालमै पहिलोपटक भित्रिएको हो। यसले संगठनहरूलाई साइबर आक्रमण व्यवस्थापन गर्न र डिजिटल प्रमाणका साथ अनुसन्धान गर्न मद्दत गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
यो कलेजमा पढाइ हुने बिएससी (अनर्स) इन साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक कोर्स बेलायतको वेस्ट विश्वविद्यालयसँगको साझेदारीमा भित्रिएको चार वर्षे कोर्स हो।
जोशीका अनुसार व्यवस्थापन (म्यानेजमेन्ट), विज्ञान र कम्प्युटर विषय लिएर पढेका विद्यार्थीले यो कोर्समा भर्ना लिन पाउँछन्।
सेप्टेम्बर र जनवरी गरी वर्षको दुईपटक भर्ना खुल्ने यो कोर्सको शैक्षिक डिग्री पूरा गरेपछि सुरक्षा लेखा परीक्षक, जोखिम मूल्यांकनकर्ता, प्रवेश परीक्षक, क्रिप्टोग्राफर जस्ता पदमा जागिर पाउन सजिलो हुने उनले बताए।
‘इच्छुक विद्यार्थीले अगस्ट-सेप्टेम्बरभित्र भर्ना गर्नुपर्छ। अनलाइन फारम भरेर वा कलेजमा आएर भर्नाका लागि आवेदन दिन सकिन्छ,’ एसोसिएट डिन जोशीले भने, ‘आगामी दिनमा साइबर सेक्युरिटी थ्रेट झनै बढ्ने देखिएकाले यसको दिगो समाधान भनेको उच्च शिक्षा र दक्ष विद्यार्थी उत्पादन गर्नु नै हो।’