चर्चित अमेरिकी संगीतकर्मी जेसन डेरुलोले नेपाली कलाकार भेकलाई लोकप्रिय कलाकार बन्न मार्गदर्शन गरेका छन् ।
टुबोर्ग ओपेनको यस वर्षको मुल थिम ‘टेक द स्टेज’अनुसार मेन्टरसिप प्रदान गर्दै डेरुलोले लोकप्रिय कलाकार बन्न मार्गदर्शन गरेका हुन्।
टुबोर्ग ओपेन अभियान विभिन्न देशमा छैटौं पटक हुन लागेको छ भने नेपालमा यो पाँचौ पटक हुने भएको हो।
डेरुलो अमेरिकी गायक तथा गीतकार हुन् । उनले आफ्नो पहिलो एकल गीतबाट अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए । उनको उक्त गीत अमेरिका र न्युजिल्यान्डमा एक नम्बरमा पुग्न सफल भएको थियो । उनका 'लजेबी बेबी', 'स्वाल्ला', 'सेभेज लभ' लगायत गीत हिट छन्।
भेक नेपाली सांगीतिक आकाशमा पछिल्लो पुस्ताका उदीयमान लोकप्रिय संगीतकर्मी हुन्। उनले पनि छोटो समयमै लोभलाग्दो लोकप्रियता कमाएका छन् । उनका 'एक्लै जिउन सिकेँ', 'मायालु', 'लै बरी लै' जस्ता गीत चर्चित छन् । यी गीतले युट्युबमा लाखौँ भ्युज कटाएका छन्।
टुबोर्गले संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आइरहेको छ।
यसले गत पाँच वर्षदेखि टुबोर्ग ओपेन क्याम्पेनद्वारा निरन्तर कैयौ राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरूसँग संललग्न भइ संगीत क्षेत्रलाई उत्थान गर्दै आइरहेको बताएको छ।