अल्का अस्पतालले तीजको अवसरमा महिलाहरूलाई छुटको योजना ल्याएको छ।
अस्पतालले यही भदौ १० गतेदेखि १७ गतेसम्म अस्पतालमा उपचार गर्न आएकाहरूलाई ओपिडी सेवामा २० प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको हो।
अस्पतालका सबै सेवामा महिलाहरूलाई २० प्रतिशतसम्म छुट दिएको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले बताए।
यो छुट बिरामीहरुलाई ल्याब परीक्षणमा पनि कायम रहने अस्पतालले जनाएको छ।
ललितपुरको जावलाखेलमा अवस्थित अल्का अस्पतालले १७ वर्षदेखिसेवा दिइरहेको छ। अस्पतालको आफ्नै नर्सिङ कलेज र पोलिक्लिनिक पनि रहेको बताइएको छ।