सहरी विकास मन्त्री मेटमणि चौधरीले राप्ती करिडोर शिलान्यास भइसकेकाले अब डिपिआरको थप प्रक्रिया अघि बढ्ने बताए।
सहरी मन्त्री चौधरीले महदेवाबाट भारतको पचफेडवा बजार जोड्ने बाटो, सिर्सिया नाका खोल्ने लगायतका योजनालाई आफूले प्राथमिकतामा राखेको बताएका हुन्।
‘तपाईँहरु चुनावको तयारीमा लाग्नुस्। केही समस्या भए भन्नुस्। यति बुझ्नुस् कि यस क्षेत्रबाट गठबन्धनको साझा उम्मेदवार मै हुँ,’ नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्यसमेत रहेका चौधरीले भने।
क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न शुक्रबार गृह जिल्ला पुगेका मन्त्री चौधरीले पार्टी स्थापना भएको भर्खरै एक वर्ष मात्र पुगेकाले अझै पनि पार्टी निर्माण गर्न, नयाँलाई पार्टी प्रवेश गराउन र उचित जिम्मेवारी दिन ध्यान दिनुपर्ने बताए।