सेल्सबेरी डिपार्टमेन्ट स्टोरले चाडवाडको समयलाई लक्षित गरी चार हप्ता चार छड्के तिलहरी जित्ने योजना सर्वजानिक गरेको छ।
यो योजना भदौ ३१ गतेसम्म लागु हुने जनाएको छ।
ग्राहकले सुरू योजनामा सहभागी हुन सेल्सबेरीका विभिन्न शाखाहरू तथा सेलवेज पोखराका शाखाहरूमा सपिङ गरी फोन पे मार्फत कारोबार गर्नु पर्नेछ।
यस योजना अनुरूप सेल्सबेरीले हरेक हप्ता एक तोलाको छड्के तिलहरी वितरण गर्ने क्रममा पहिलो हप्ताको विजेता सार्वजनिक गरेको हो।
विजेता सातदोबाटो स्टोरबाट सपिङ गरेका रुवेश राणाले एक तोलाको छड्के लितहरी प्राप्त गरेका छन्।
यसैगरी, आगामी तीन हप्तासम्म क्रमशः विजेता घोषणा गर्दै जाने कम्पनीले जनाएको छ।