अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा चौधौं शाखा विस्तार गरेको छ।
बुटवल उपमहानगरपालिका–८, सुख्खा नगरस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरको छेउमा उक्त शाखा खोलिएको हो।
केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टको रूपमा परिचित छ ।
यस आउटलेटमा केएफसीका विभिन्न चिकेन परिकारको आनन्द लिन सकिनेछ ।
केएफसीले आफ्ना ग्राहकका लागि विभिन्न स्वादिष्ट परिकार उपलब्ध गराउँदै कोभिड–१९ को रोकथामका लागि विश्वस्तरिय सुरक्षा नीतिसमेत अवलम्बन गरको छ।
जसका लागि ४ प्रकारका सुरक्षा मापदण्ड स्वच्छता, जाँच, भौतिक दुरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ।
रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरू जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने बताइएको छ।